नेकपाका केन्द्रीय नेताको सम्पत्ति छानविन हुने

काठमाडौँ। नेकपाले केन्द्रीय नेतृत्वको सम्पत्ति छानबिन गर्न अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। जारी केन्द्रीय समितिको बैठकले नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिने निर्णय गरेको हो।

केन्द्रीय समिति बैठकमा नेताहरु सम्पत्ति कमाउने होडवाजीमा लागेको तथा पार्टी पुँजीपति वर्गको कव्जामा पुगेको भन्दै नेताहरुको सम्पत्ति छानविन र सार्वजनिक गर्नुपर्ने माग उठेको थियो।

नेकपाको अनुशासन आयोगको अध्यक्ष अमृत बोहरा हुन्। यस्तै, नेकपाले २०७७ को चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। बैठक तीनै तहका सरकार सञ्चालनमा समन्वय गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ।


ताजा समाचार