बितेको २४ घण्टामा १९१३ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौँ। बितेको २४ घण्टामा थप १९१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसहित मुलुकभर अब संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या ११८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ। मन्त्रालयकाअनुसार अहिले देशभर संक्रिय संक्रिमितको संख्या ३८ हजार ४६१ पुगेको छ। आज थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित मृतकको संख्या ११८९ पुगेको हो।


ताजा समाचार