प्रधानमन्त्ती-राष्ट्रपतिको कदमको नेकपाद्वारा भत्सर्ना

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको घोर भत्सर्नासँगै कडा आलोचना गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ बसेको पार्टी अध्यक्ष केपी शर्मा ओली बिनै बसेको स्थायी समिति बैठकले संसद विघटन गरेकोप्रति विरोध गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धमा केन्द्रीय समितिमा प्रस्ताव लगिने भएको छ भने त्यसका लागि पुस ७ गते काठमाडौंमा बैठक बोलाइएको छ । साथै पूर्वसभामुखलाई स्थायी कमिटीमा ल्याउने निर्णय गरेको छ ।

संसद विघटन गरेर ओलीले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमा प्रहार गरेको बैठकले ठहर गरेको छ। यस्तै राष्ट्रपतिले पनि असंवैधानिक कदम चाल्नु आपत्तिजनक भएको बैठकले ठहर गरेको छ। प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटनको निर्णयलाई राजनीतिक रुपमा अस्वीकार गर्दै कानुनी उपचार खोज्ने बैठकले निर्णय गरेको छ ।


ताजा समाचार