चुनाव लड्नै पर्ने भयो: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनका अरोहअवरोहका बीच अघि बढिरहेको बताएका छन्।

बिहिबार डा. ढाकाराम सापकोटाले लेखेको `एकतादेखी विभाजन´सम्म नामक पुस्तक बिमोचन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। अध्यक्ष नेपालले राजनीतिक जीवन र यात्राका बारेमा पुस्तक लेखिनुपर्ने बताए।

अध्यक्ष नेपालले आगामी निर्वाचनमा विजयीका साथ आउनुपर्ने स्थिति आएको बताए। उनले भने, `७० वर्षको भैयो अब छोड्नुपर्छ भन्ने लागेको थियो। तर, केही अराजक तत्वहरूका कारण चुनाव लड्नैपर्ने भयो।´ साथै अध्यक्ष नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। साथै उनले गठबन्धनभित्रै समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिएका छन्।

आज मात्रै सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको छ। बिमोचित पुस्तकमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा (नेकपा) एकतादेखि बिभाजनसम्मका घटनाक्रम उल्लेख गरिएको लेखको भनाई छ।


ताजा समाचार