थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३०० जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ६१५ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार मात्रै १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल देशभर १२३ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

यसअघि क्रमश कोरोना संक्रमण बढ्दै गएकाले सतर्क रहन सबैलाई मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा ९बुस्टर डोज० सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।


ताजा समाचार