२४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ ।

असोज ८ गतेपछि पहिलो पटक कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको हो। कोरोना सङ्क्रमणका कारण ७८ वर्षीय पुरुषको ज्यानको गएको स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । काठमाडौँ उपत्यकामा उपचारका क्रममा उनको ज्यान गएको हो। डा.अधिकारी भन्छन्, ‘अन्य दीर्घरोग लागि उपचाररत व्यक्तिमा कोरोना सङ्क्रमण भई ज्यान गएको अवस्था कोरोनाकै कारण ज्यान गएको भनिन्छ ।’

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा १०६ जना सङ्क्रमित भएका छन् ।


ताजा समाचार