कोदो खानुहोस् सुगर र प्रेसर कम हुन्छ: खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पादन गर्न सुझाव दिए । उनले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताए । सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताए ।

उनले हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यकता रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले नैतिकवान् राजनीतिज्ञमात्रै सधैँभर आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताए ।


ताजा समाचार