सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन भनेको हो ।

सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन शाहले घोषणा गरेका थिए ।

त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

हेर्नुहोस् सर्वोच्चको आदेश : 


ताजा समाचार