त्रिविको दीक्षान्त समारोहमा बन्यो विश्व रेकर्ड (प्रमाणपत्रसहित)

काठमाडौँ। त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विश्व रेकर्ड बनेको छ।

‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।

दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा महिलासहितका महानुभावहरु (अभिभावक, दीक्षित विद्यार्थी र अतिथिहरु) को उपस्थिति रहेको त्रिविलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।

धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले  रेकर्डका लागि उक्त संस्थालाई अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न संस्थाको प्रतिनिधि टोली काठमाडौँ आएको थियो ।

राजधानीको दशरथ रंगशालामा सम्पन्न दीक्षान्त समारोहमा सहभागी हुन १२ हजार ४१५ जना विद्यार्थीले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।

409630947_888696242902791_5438629175953467777_n


ताजा समाचार