२४४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

सोमबारको नियमित प्रेस ब्रिफिङकम स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना निको भएसँगै देशभर कोरोना निको हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ।


ताजा समाचार