सामसुङले ग्यालेक्सी ए२५ ५जी नेपाली बजारमा सार्वजनिक

सामसुङले ग्यालेक्सी ए२५ ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनलाई कम्पनीले अत्यन्त छिटो चार्ज हुने क्षमता र धेरै समय चलिरहने ब्याट्रीका साथै लामो समयका लागि अद्यावधिक ओएसयुक्त अद्भुत स्मार्टफोन भन्दै सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यो ग्यालेक्सी ए२५ ५जीमा फुल एचडी प्लस रिजोलुसन र भिजन बुस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोलेड स्क्रिन रहेको छ । यो स्मार्टफोनको अगाडिपट्टि १३ एमपीको सेल्फी क्यामरा छ भने पछाडि ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा छ, जसले प्रयोगकर्ताहरूलाई स्थिर, धमिलोरहित फोटो र भिडियोहरू खिच्न सहयोग पुग्छ । यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड क्यामरा र २ एमपी म्याक्रो क्यामरा पनि रहेको छ ।

यस स्मार्टफोनमा एक्सिनोक्स १२८० प्रोसेसर जडित छ भने यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ । सामसुङ ग्यालेक्सी ए२५ ५जीसँग सामसुङ नोक्स भल्टकोे साथ छ, जसले फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन । ५००० एमएएच ब्याट्रीका साथ यो स्मार्टफोन दिनभर जति पनि चलाउन सकिने र असली सामसुङ २५ वाटको टाइप– सी चार्जरको सहायताले तुरुन्तै रिचार्जसमेत गर्न सकिन्छ ।

यसका अतिरिक्त यसमा एन्ड्रोइड १४ मा आधारित वान यूआई ६.० मा ४ मुख्य एन्ड्रोइड ओएस अद्यावधिकहरू र ५ वर्षको सुरक्षात्मक अद्यावधिकहरू प्राप्त हुनेछन् । ग्यालेक्सी ए२५ ५जी दुई थरीको ८ जीबी र्‍याम र १२८ र २५६ आन्तरिक स्टोरेजमा उपलब्ध छ । यसमा माइक्रो एसडी कार्डको प्रयोग गरी थप १ टीबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । यो फोन गाढा नीलो, नीलो र पहेँलो गरी ३ रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो फोनमा साइड माउन्टेड फिङ्गर प्रिन्ट सेन्सर, डल्बी एटमोस वातावरणयुक्त स्टेरियो स्पिकर, जसले चारैतिर अतुल्य ध्वनि प्रवाह र कलको दौरान अद्भुत आवाज प्रदान गर्नेलगायतका विशेषताहरू पनि रहेका छन् । यो स्मार्टफोनको नेपाली बजार मूल्य ८ र १२८ जीबीको ४० हजार ९ सय ९९ र ८ र २५६ जीबीको ४४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो फोन सामसुङका देशभर रहेका आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको र सामसुङ इन्स्टा फाइनान्समार्फत शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर पनि खरिद गर्न सकिने कम्पनीले बताएको छ ।


ताजा समाचार